Sunday, May 19, 2013

एकीकृत सुरक्षा योजनाको गृहकार्य हुँदै



दोलखा ५ जेठ/दोस्रो संविधानसभाको निर्वाचनका लागि सरकारले एकीकृत सुरक्षा योजनाको तयारी गरिरहेको प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको नवनिर्मित भवनको उद्घाटन गर्न सदरमुकाम चरिकोट पुगेका महानिरीक्षक रानाले आज आयोजित पत्रकार सम्मेलनमा आगामी संविधानसभाको निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि सरकारले एकीकृत सुरक्षा योजना तयारीको गृहकार्य गरिरहेको बताए ।
तर संविधानसभाको निर्वाचन मिति कहिले घोषण हुन्छ भन्नेबारे आफूलाई कुनै जानकारी नभएको महानिरीक्षक रानाले बताए । उनले भने, 'सरकारले संविधानसभाको निर्वाचनको तयारी गरिरहेको छ, सरकारले निर्वाचनको मिति घोषणा गरेपछि गृहमन्त्रालयले सो योजना र्सार्वजनिक गर्नेछ ।'
नेपाल प्रहरीले आफ्नो ढंगबाट विगतको अवस्थालाई हेरी निर्वाचनको लागि आवश्यक सांगठानिक तयारी गरिरहेेको महानिरीक्षक रानाले जानकारी दिए । उनले प्रहरीले जनशक्ति अभावको कारण देखाउँदै निर्वाचन दर्ुइ चरणमा गर्नुपर्ने सिफारिस गरेको भन्ने कुराको खण्डन गरे ।
महानिरीक्षक रानाले राजधानी राष्ट्रिय दैनिकमा भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानुनको कठघरामा उभ्याइ कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

No comments:

Post a Comment