Monday, May 13, 2013

तीनदिनदेखि विजुली अवरुद्ध, जनवीवन प्रभावित


दोलखा ३० बैशाख/गत शनिवार राती आएको हावाहुरीका कारण विजुली अवरुद्ध हुँदा दोलखाको जनजीवन प्रभावित भएको छ ।
तीन दिनदेखि विजुली बन्द हुँदा जिल्लाको व्यापार व्यवसाय, बैकिङ क्षेत्र प्रभावित भएको छ । मोबाइल टेलिफोन अधिकांश बन्द भएपछि सञ्चार सम्बन्ध पनि विच्छेद भएको छ । चार वटा एफएम रेडियो भएको दोलखाको जिरीमा सञ्चालित रेडियो हिमाली बन्द भएको छ भने अरु बन्द हुने अवस्थामा पुगेका छन् । कक्षा ११ को परीक्षा सुरु हुन लागेका बेला विजुली बन्द हुँदा विद्याार्थीहरुको पठनपाठन कार्यमा बाधा परेको छ ।
शनिवार राती आएको हावाहुरीका कारण सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखरमा विद्युत लाइनमा रुप परेपछि ७ वटा पोल भाँचिएका छन् । त्यसैगरी भीमेश्वर नगरपालिकाको जिलूमा चारवटा र माटी क्षेत्रमा एउटा पोल भाँचिएको विद्युत प्राधिकरण दोलखाका प्रमुख गोपालचन्द्र खतिवडाले ले जानकारी दिए । कतिपय सदरमुकाम वरपर कैयौँ ठाउँमा विजुलीको पोल ढालेको छ ।
भाँचिएका पोलहरु फर्ेर्ने काम भैरहेको र मंगलवारसम्म विद्युत आपर्ूर्ति हुनसक्ने प्राधिकरणका प्रमुख खतिवडाले बताए । जिल्लाका सबै क्षेत्रमा विद्युत आपर्ूर्ति सहज हुन एक साता लाग्ने पनि उनले जानकारी दिए ।

No comments:

Post a Comment