Monday, May 13, 2013

घण्टी लाउँदै पढाउँदै परिचारिका

कक्षा ४ का विद्यार्थीहरुलाई अङग्रेजी पढाउँदै सीता ।

शम्भु गौतम/दोलखा, ३० वैशाख/दोलखाका विद्यालयहरुको शिक्षक दरबन्दी काट्ने तयारी जिल्ला शिक्षा कार्यालयले गरिरहेको छ तर त्यस्तै एउटा विद्यालयमा शिक्षकको कमीका कारण परिचारिकाले कक्षा लिइरहेकी छन् ।
नेपाली राजनीतिका आदर्श नेता भीमबहादुर तामाङको पहलमा २०१६ सालमा खुलेको झुलेको जनप्रभात माविमा शिक्षक कमीका कारण परिचारिकाले कक्षा लिनुपरेको प्रधानाध्यापक अरुण कुमार साहले बताए ।
परिचारिका सीता पाख्रिन घण्टी लगाउँदै, विद्यालयका अन्य कामसमेत गर्दै कक्षा १ देखि ४ सम्मलाई चार घण्टी पढाउँछिन् पनि । झुले ७ घर भएकी सीताले कक्षा १-४ को अनिवार्य अङ्ग्रेजी विषय पढाउने जिम्मा पाएकी छन्क । सीताले अङ्ग्रेजी विषयमा १२ कक्षा उत्तर्ीण्ा गरेकी छन् ।
सीता मात्रै हैन विद्यालयका लेखापालले पनि क्क्षा लिइरहेका छन् । लेखापाल विक्रम कार्की आफ्नो काम गर्दै दैनिक ६ घण्टी पढाउँदै आएका छन् । आइएस्सी गरेका कार्कीले विज्ञान विषयको अतिरिक्त कक्षा बापत र सीताले अतिरिक्त कक्षा लिएबापत थप सुविधा भने पाएका छन् । शिक्षक कम भएका कारण प्रधानाध्यापक साहले पनि दैनिक ७ घण्टी पढाउँदै आएका छन् । सो विद्यालयमा २ सय ५० बढी विद्यार्थीहरु छन् । कक्षा १० सम्म चलेको विद्यालयमा निमावि ३ जना, प्रावि ५ जना र प्रावि राहत एक जना शिक्षक छन् । तीन वर्षेखि विद्यालयले एसएलसी उत्तर्ीण्ा गराउँदै आएको छ तर माध्यमिक तहको दरबन्दी एउटा पनि नभएको प्रधानाध्यापक साह बताउँछन् ।
शिक्षक दरबन्दी मात्रै जनप्रभातको समस्या हैन । कक्षाकोठाको पनि त्यत्तिकै समस्या छ । कोठाको कमीका कारण कक्षा १ र बालकक्षालाई एकै ठाउँमा राखेर पढाइएको छ । विद्यालयको जम्मा १३ वटा मात्रै कोठाहरु छन् । प्रधानाध्यापक साहले भने, 'अहिले जिल्ला शिक्षा कार्यालयबाट २ कोठाका लागि ७ लाख ५० हजार बजेट परेको छ । तर भवन बनाउनका लागि विद्यालयका जग्गा छैन ।' विद्यालयको नाममा भएको करिब डेढ रोपनी जग्गामा तीनवटा भवन बनेको छ । जग्गाको अभावमा पाएको बजेटबाट भवन बनाउन समस्याक भएको प्रधानाध्यापक साहले बताए ।

No comments:

Post a Comment