Friday, May 3, 2013

वर्षाको महिमा गाउँदै मच्छिन्द्र जात्रा समापन


मच्छिन्द्रको मर्ूर्तिलाई रथबाट ओराली थन्क्याउन लैजाने क्रममा ।
शम्भु गौतम/दोलखा, २० बैशाख/पौराणिक सहर दोलखामा प्रत्येक वर्षदेखाइने मच्छिन्द्रनाथको रथयात्रा सातदिनसम्म विभिन्न टोलहरुमा परिक्रमा गर्राई एक वर्षा लागि थन्क्याइएको छ ।
शुक्रवार विधिपर्ूवक पूजाआजा गरी मच्छिन्द्रको मर्ूर्तिलाई पिङ्गल टोमा रहेको रथबाट ओरालेर बाजागाजासहित डोकलुङ्गा टोलमा लगी थन्क्याइएको हो । यसरी मच्छिन्द्रको मर्ूर्ति थन्क्याउनका लागि डोकलुङ्गा टोलबाट जोशीहरु पिङ्गल टोलसम्म जाने र पुजारी, गुठियार, स्थानीयवासीसमेत
भै वषर्ाको महिमाको भजन गाउँदै मच्छिन्द्रलाई थन्क्याउने गरिन्छ ।
मच्छिन्द्रनाथको मर्ुर्तिलाई थन्क्याउने क्रममा 'मुलुकमा शान्ति होस्, जनतामा रोगव्याधि नलागोस् र जनताको जय होस्' भन्ने कामना गरिएको छ । 'देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस्' भन्ने कामना सहित रथयात्रा सुरु भएको थियो ।
रथयात्राका लागि जिल्लाका विभिन्न ठाउँका अतिरिक्त सिन्धुपाल्चोक, काठमाडौँ, पाटन तथा भक्तपुरबाट समेत रथ तान्न मानिसहरु आएका थिए । जात्राभरिमा करिब १५ हजारले रथयात्रा अवलोकन गरको स्थानीय भगवानदास श्रेष्ठले जानकारी दिए ।
अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रुपमा मनाईँदै आएको मच्छिन्द्रनाथको रथयात्रा चैत पूणिर्माको दिन मच्छिन्द्रको मर्ूर्तिलाई दूधले नुहाएपछि सुरु भएको मानिन्छ । पहिलो दिन मच्छिन्द्रको मर्ूर्तिलाई दूधले नुहाएर जात्रा सुरु गरिन्छ । त्यसको भोलिपल्ट मच्छिन्द्रको मर्ूर्तिलाई रथारोहण गरी तेस्रोदेखि रथ तान्न सुरु गरिन्छ । सातदिनसम्म विभिन्न टोलहरुमा परिक्रमा गर्राई दशौँ दिन रथबाट मच्छिन्द्रको मर्ूर्तिलाई रथबाट निकाली थन्क्याउने प्रचलन छ ।
परम्पराअनुसार देशमा खडेरी नपरोस्, अनिकाल नपरोस्, देश र जनतालाई कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै आर्याबलोकेश्वर अथवा लोकेश्वर करुणामयको आराधनास्वरुप रथलाई एक सातासम्म सहरको विभिन्न भागको परिक्रमा गराउने प्रचलन छ । मल्लकालीन राजा जयवसुदेवले प्रचलनमा ल्याएको मानिने सो जात्रा नेपाल संवत् ७०१ बाट शुरु भएको स्वर्ण्र्ाामा अङ्कति एउटा आलेखमा उल्लेख छ ।
पहिला नौ तलामा महङ्गो सजावटका साथ निर्माण गरी तानिने सो रथ हिजोआज कालिञ्चोक युवा क्लवको पहलमा मात्र चार तलामा निर्माण गरी तान्ने गरिएको छ
चैत पूणिर्माका दिन करुणामय मच्छिन्द्रनाथको सुनको मर्ूर्तिलाई दूधले स्नान गरिन्छ । यसलाई स्थानीय भाषामा 'हपा' गरेको भनिन्छ । 'हपा' गर्ने दिन स्थानीय महिलाहरू आफ्नो इच्छाअनुसार व्रत बस्ने गर्दछन् । पूणिर्माको तेस्रो दिनदेखि विभिन्न सात टोलमा स्थानीय बाजागाजासहित रथ तानेर पुर्‍याउने चलन छ । रथलाई पहिलो दिन नकछेँ टोल, दोस्रो दिन कोर्छर्ेेोल, तेस्रो दिनदेखि सातौँ दिनसम्म क्रमशः टसिचा, माथिल्लो टोल, दुङ्गल, पिङ्गल, डोकलुङ्गा टोल हुँदै आठौँ दिन पुनः नकछेँ टोलमा पुर्‍याई एक वर्षा लागि जात्रा सम्पन्न गरिन्छ ।
रथ तान्ने क्रममा प्रत्येक टोलमा
छुट्टाछुट्टै गुठियारद्वारा रथमा पूजाआजा गरेपछि साँझ रथलाई तानेर अर्को टोलमा पुर्‍याइन्छ । सहरका अशक्त तथा रोगी भक्तजनले समेत घरमै बसी दर्शन गर्न पाउन भनी रथलाई टोलटोलमा परिक्रमा गराएको स्थानीय बासिन्दाहरू बताउँछन् । आफ्नो टोलमा रथ तानेर ल्याएको दिन आफन्तहरूलाई भोज खुवाउने गरिन्छ ।
यो जात्रा बीचमा १६ वर्षबन्द भएर २०५५ सालदेखि लगातार चल्दै आएको छ । जिल्लाको उत्तरी क्षेत्रस्थित लापिलाङ गाउँबासीलाई जग्गा उपलब्ध गराएर गुठीको व्यवस्था गरी त्यसबाट प्राप्त आयबाट मच्छिन्द्रनाथको रथयात्राको चलन चलाएको विभिन्न प्रमाणहरू पाइन्छ । तर बीचमा गुठीवापत प्राप्त हुनुपर्ने रकम तथा बस्तुहरू प्राप्त नभएका कारण ०५५ सालअघि १६ वर्षम्म जात्रा चल्न सकेको थिएन । बन्द रहेको जात्रा स्थानीय कालिञ्चोक युवा क्लवको पहलमा ०५५ सालदेखि निरन्तर रुपमा चल्दै आएको छ । मच्छिन्द्रको रथयात्रा महँगीका कारण, खर्च अभावले चलाउन मुश्किल हुँदैआएकोले स्थानीय निकायले त्यसको व्यवस्थापन गर्नुपर्ने स्थानीय भरत प्रधानको भनाइ छ । यसपालिको खर्च पौने दर्ुइलाई अनुमान गरिएको छ ।
रातो मच्छिन्द्रको यो रथ तान्ने जात्रा दोलखाबाट सुरु भई काठमाडौँ लगिएको दोलखा संस्कृतिका अध्येता शान्तकृष्ण श्रेष्ठको दावी छ ।

No comments:

Post a Comment