Monday, June 3, 2013

सहमतीपछि दोलखा बन्द फिर्ता, जनजीवन सामान्य बन्दै

दोलखा २० जेठ/वाईसीएल-तरुण दलबीच आइतवार भएको झडपका कारण दोलखा कांग्रेसले घोषणा गरेको 'दोलखा बन्द' कांग्रेस-एमाओवादीबीच भएको सहमतीपछि सोमवार फिर्ता भएको छ ।
दोलखाका नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतको आग्रहपछि नेपाली कांग्रेस र तरुण दलले सोमवार दिउँसो बन्द फिर्ताको घोषणा गरेका थिए ।
बन्दका कारण यातायात, बजार र शिक्षण संस्थाहरु ठप्प हुँदा जनजीवन प्रभावित भएको थियो । बन्द फिर्तापछि नेपाली कांग्रेस, एमाओवादी र उनीहरुको भातृ संगठन गरी दर्ुइ पक्षबीच स्थानीय प्रशासनले वार्ता गराएको छ ।
वार्ताले पाँच बुँदे सहमती समेत गरेको छ ।
दर्ुइ पक्षबीच भएको सहमतीमा कुटाकुटको विषयलाई लिएर आगामी दिनमा कुनै दुष्मनी नराख्ने, त्यस्तो अवस्था आयो भने त्यसको जिम्मेवारी राजनीतिक पार्टर्ीी लिने, विवादको विषयमा कानुनी रुपमा कहीँ कतै उजुर नगर्ने उल्लेख छ । त्यसैगरी झडपमा घाइते भएकाहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्ने, विवादको विषयमा प्रेस विज्ञप्तिमार्फ एक अर्कोप्रति लगाएको आरोपप्रति आत्मआलोचना गर्दै त्यसलाई फिर्ता लिने र आगामी दिनमा कुनै पनि गैरकानुनी कामलाई दुबै पक्षले संरक्षण नगर्ने सहमती भएको छ ।
वार्तामा नेपाली कांग्रेसका तर्फाट सभापति ताराबहादुर कोइराला, सचिव केशवप्रसाद चौलागाईँ, इश्वर मानन्धर, राजु उप्रेती, बाबुकाजी बस्नेत, तरुण दलका अध्यक्ष जयराम श्रेष्ठ सहभागी थिए । त्यसैगरी एमाओवादीका तर्फाट शङ्कर लामा, कुलबहादुर बुढाथोकी, गोपाल पाण्डे, रविन्द्र कार्की र दोलखा उद्योग वाणिज्य संघको तर्फाट महासचिव हेमराज रिमालको सहभागिता थियो ।
यसअघि दोलखाका नागरिक समाज, नेपाल नागरिक समाज, जनहित नागरिक समाज, नेपाल पत्रकार महासंघ, दोलखा उद्योग वाणिज्य संघ, मानवअधिकार संरक्षण मञ्च, एम्नेष्टी इन्टरनेसनल, इन्सेक प्रतिनिधि, नेपाल बार एसोसियसनले प्रेस विज्ञप्ति प्रकाशित गरी बन्दका कारण दोलखा र आसपासका जनताको जनजीवन प्रभावित भएकोले बन्द फिर्ता लिन आग्रह गरेका थिए । उनीहरुले वार्ताको माध्यमबाट निकास निकाल्न दलहरुलाई आग्रह समेत गरेका थिए ।
द्वन्द्वकालमा माओवादीले जलाएको डोजरको कवाडी सामान काठमार्डर्ाालैजाने क्रममा विवाद भएपछि आइतवार तरुण दल र वाईसीएल कार्यकर्ताबीच सदरमुकाम चरिकोटमा झडप भएको थियो । प्रहरी भ्यानमै वाईसीएल कार्यकर्ताको कुटपीटबाट तरुण दलका सानु शर्ेपा घाइते भएपछि दिनभरजसो चरिकोट बजारमा तनाव भएको थियो भने त्यसैका कारण दोलखा कांग्रेसले अनिश्चितकालीन दोलखा बन्दको घोषणा गरेको थियो । झडपका क्रममा सशस्त्र र जनपदका दर्ुइजना प्रहरी जवानका साथै दुबै पार्टर्ीी केही कार्यकर्ता घाइते भएका थिए ।
दलहरुबीचको वार्ता, सहमती तथा बन्द फिर्ताको घोषणापछि दोलखाको जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । परिस्थितिलाई मध्यनजर गर्दै दोलखाका विभिन्न युनिट, रामेछाप, सिन्धुपाल्चोकका जनपद तथा सशस्त्र गरी करिब दर्ुइ सय थप सुरक्षाकर्मी अझै पनि परिचालन भैरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

No comments:

Post a Comment