Monday, May 6, 2013

शिक्षा कार्यालयमा सबैभन्दा बढी बेरुजु


दोलखा, २३ बैशाख/दोलखाका सरकारी कार्यालयहरुमध्ये सबैभन्दा बढी बेरुजु जिल्ला शिक्षा कार्यालय दोलखामा देखिएको छ ।
राष्ट्रिय र्सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा जिल्ला शिक्षा कार्यालय दोलखाको बेरुजु ९ करोड २२ लाख ३८ हजार देखिएको हो ।
शिक्षा कार्यालयले पेश्की फछ्र्यौटमा ध्यान दिन नसकेको निष्कर्षकेन्द्रले निकालेको छ । त्यसैगरी जिल्ला विकास समिति दोलखाको पेश्की समेत ५ करोड ३१ लाख ६७ हजार रहेको अनुगमन टोली प्रमुख सुन्दर पाण्डेले बताए ।
केन्द्रले गरेको अनुगमनका क्रममा २१ जना कर्मचारीहरु अनुपस्थित भएको टोली प्रमुख पाण्डेले बताए । लामो समयदेखि अनुपस्थित हुनेमा उपसचिवदेखि कार्यालय सहयोगीसम्मका रहेका छन् । टोलीले जिल्ला प्रशासन, जिल्ला विकास समिति, मालपोट, नापी, नगरपालिका, सडक, कृषि र प्राविधिक कार्यालयको अनुगमण र छड्के गरेको थियो ।
अधिकांश कार्यालय प्रमुखहरु विभिन्न बहानमा काठमाडौँ जाँदा सेवाग्राहीहरु मारमा परेको टोलीको निष्कर्षरहेको छ । त्यसैगरी कर्मचारीहरुले पोशाक सुविधा लिएर कार्यालयमा पोशाक नलगाएको फेला परेको थियो । कार्यालयको काममा हेलचेक्याइँ गर्ने, पोशाक नलगाउने कर्मचारीलाई विभागीय स्पष्टीकरण सोधिने उनले बताए ।

No comments:

Post a Comment