Monday, May 6, 2013

प्रमुख नहुँदा भीमेश्वर नगरपालिकाको योजना ठप्प


दोलखा, २२ बैशाख/भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत ३ हप्तादेखि नहुँदा नगरपालिकाको कामकाज र योजनासमेत ठप्प भएकोे छ ।

कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदी बढुवा भई भूमिसुधार विभागमा सरुवा भएपछि स्थानीय विकास मन्त्रालयले अर्को कार्यकारी प्रमुख नपठाएकोले भीमेश्वर नगरपालिकाको कार्यकारी अधिकृत रिक्त भएको हो । कार्यकारी प्रमुख नहुँदा ठेक्का स्वीकृति, घर नक्सा स्वीकृति, योजना इस्टमेट तथा योजना सम्झौता गर्न समस्या परेको इन्जिनियर सुरेश राउतले बताए ।

आर्थिक वर्षसकिन लागेका बेला कार्यकारी प्रमुख नहुँदा चरिकोट बजारको ढल व्यवस्थापनको काम समेत अवरुद्ध भएको इन्जिनियर राउतले बताए । बजार व्यवस्थित गर्न भन्दै नाली भत्काएको दर्ुइ महिना बितिसकेको छ । नाली भत्काएका कारण बजार र सवारी व्यवस्थापनमा निकै समस्या देखिएको छ । मन्त्रालयबाट बजेट तथा कार्यक्रम ढिला आएकोले पनि व्यवस्थानमा ढिलो भएको सम्बद्ध अधिकाररुले बताएका छन् । कार्यक्रम आएपछि सम्झौता हुने बेलामा प्रमुख नहुँदा नगरपालिकाको योजनाहरुमा समस्यामा परेको हो ।
राष्ट्रिय र्सतर्कता केन्द्रले गरेको आकस्मिक अनुगमनका क्रममा समेत नगरपालिकामा कार्यकारी प्रमुख नहुँदा दैनिक कामकाज र विकासे काम ठप्प भएको निष्कर्षनिकालेको छ ।

No comments:

Post a Comment