Thursday, May 9, 2013

सत्यश्वर उमाविमा चारवटा छात्रवृत्ति

छात्रवृत्ति पाएका विद्यार्थीहरु बीचमा र छेउछेउमा डा. आचार्यद्वय सामुहित तस्विर खिचाउँदै ।

शम्भु गौतम/दोलखा, बैशाख/दोलखाको पवटीस्थित सत्यश्वर उच्च माविमा अध्ययन गर्ने चारजना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
जन्मथलो छाडेको करिब २५ वर्षछि आफ्नो जन्मस्थान र आफू पढेको विद्यालयलाई माया र सम्मान गर्दै डा. शंकर प्रसाद आचार्यले छात्रवृत्ति प्रदान गर्नुभएको हो । उहाँले आफ्ना बाबुआमा तथा दिवंगत हजुरबा हजुरआमाको नाममा चारवटा छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

डा. आचार्यले हजुरबाको स्मृतिमा जयधर्म आचार्य स्मृति शैक्षिक छात्रवृत्ति प्रवेशिकामा प्रथम हुने छात्रलाई र हजुरआमाको स्मृतिमा देवकुमारी आचार्य स्मृति शैक्षिक छात्रवृत्ति प्रवेशिका परीक्षामा प्रथम हुने छात्रालाई प्रदान गर्नुभएको छ । त्यसैगरी बुबाको नामबाट कक्षा ११ मा उत्कृष्ठ हुने छात्रलाई माधवप्रसाद आचार्य शैक्षिक छात्रवृत्ति र आमाको नामबाट कक्षा ११ मा उत्कृष्ठ हुने छात्रालाई महामाया आचार्य शैक्षिक छात्रवृत्ति प्रदान गर्नुभएको छ । यस वर्षो छात्रवृत्ति २०६८ को प्रवेशिका परीक्षामा उत्कृष्ठ हुने छात्र सज्जन आचार्य र छात्रा रीता बस्नेतलाई प्रदान गरिएको छ । त्यस्तै कक्षा ११ मा ०६९ मा प्रथम हुने छात्र दीपेश थपलिया र छात्रा सुमित्रा वलीले प्राप्त गरेका छन् । छात्रवृत्तिको राशि जनही वाषिर्क ७ हजार १ सय ५ रुपैयाँ रहेको छ । छात्रवृत्तिको प्रमाणपत्रसँगै उनीहरुलाई संसारमा सबैभन्दा बढी विक्री भएको शिव खेराको 'यु क्यान विन' पुस्तक पनि प्रदान गरिएको थियो । पुस्तकले उनीहरुको जीवनमा परिवर्तन ल्याउन प्रेरणा मिल्ने विश्वास डा. आचार्यको छ । छात्रवृत्ति र पुस्तक डा. आचार्य र उनका दाजु डा. कृष्णप्रसाद आचार्यले प्रदान गर्नुभएको थियो ।
अघिल्लो वर्षेखि प्रदान गर्दैआएको सो छात्रवृत्ति आगामी वर्षेखि अक्षयकोषको स्थापना गरी त्यसैमार्फ प्रदान गरिने डा. आचार्यले बताउनुभयो । त्यसका साथै आफ्नो मामाघर मालुस्थित गोल्मेश्वर उमावि मालुमा छात्रवृत्ति कोष स्थापना गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । आचार्य परिवार २०४५ सालदेखि दोलखाको पवटी छाडी निजगढमा बस्दैआको छ भने डा. आचार्य नेपाल राष्ट्र बैकमा निर्देशक हुनुहुन्छ ।

No comments:

Post a Comment