Saturday, May 18, 2013

प्रहरी महानिरीक्षक कठघरामा, दलहरु प्रश्नकर्ता !



दोलखा ४ जेठ/सधैँ देखिने दृश्य हुन्थ्यो - दलहरु पत्रकार सम्मेलन गर्ने र पत्रकारहरु उनीहरुलाई प्रश्न सोध्ने, तर आज दृश्य अलि फरक थियो । दलहरु प्रश्न गरिरहेका थिए र उत्तर दिन कठघरामा थिए - प्रहरी महानिरीक्षक कुबेरसिंह राना ।

कार्यक्रम थियो, दोलखा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनको । औपचारिक कार्यक्रम सकियो । प्रहरी महानिरीक्षक राना पत्रकारहरुसँग केही समय बिताउन चाहन्थे । कार्यक्रमपछि पत्रकार सम्मेलनको योजना थियो । तर पत्रकारहरुले उद्घाटन कार्यक्रमलगत्तै पत्रकार सम्मेलनको खासै अर्थ नहुने भनेपछि पत्रकार सम्मेलन भोलिपल्टका लागि सर्‍यो ।
महानिरीक्षकहरु लामाबगर जाने कार्यक्रम थियो र फर्केपछि पत्रकार सम्मेलन गर्ने योजना बन्यो । तर निर्धारित पत्रकार सम्मेलनलाई दलहरुले 'क्यास' गरे ।
नेपाली कांग्रेसका दोलखा सभापति भनिरहेका थिए - अहिले नेपालका दलहरु त दल भएका छन्, तर व्युरोक्राट, प्रहरी तथा न्याय सम्पादन गर्नेहरु पनि दल भएका छन् । कसैतिर संकेत नगरेको भन्दै कोइरालाले 'न्याय सम्पादन गर्दा सबै दलहरुलाई मिलाउने गरी वा भागबन्डको ढंगले गरेको' आरोप लगाए ।
नेकपा एमालेका सचिव भरत दुलाल लगायतका दलहरुका प्रतिनिधिहरु आगामी संविधानसभा र त्यसमा शान्तिसुरक्षाको अवस्थाका बारेमा जिज्ञासा राखिरहेका थिए । तर महानिरीक्षक रानाले खासै मर्ूत जवाफ भने दिएनन् ।

No comments:

Post a Comment