Sunday, July 7, 2013

माथिल्लो तामाकोशी आयोजना तीन महिना ढिलो हुने

दोलखा, २३ असार/राष्ट्रिय प्राथमिकता प्राप्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामको गुणस्तर र अनियमितताका बारेमा प्रश्न उठेपछि ऊर्जा मन्त्री उमाकान्त झाले आयोजनाको आकस्मिक निरीक्षण गरेका छन् ।
विद्युत गृहको सुरुङ चर्किएको र आयोजनामा अनियमितता भएको समाचार प्रकाशन प्रशारण भएपछि मन्त्री झाले आयोजनाको आकस्मिक निरीक्षण गरेका हुन् । सो क्रममा आयोजना निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत गृहको सुरुङ चर्किएपछि आयोजना कम्तीमा तीन महिना ढिलो हुने
जानकारी गराएका थिए । चर्किएको सुरुङ टि्रटमेन्टका लागि करिब ४ करोड रुपैयाँ थप खर्च हुने जानकारी पनि आयोजना निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए ।
विद्युतगृहको एक सय ४२ मिटर लामो सुरुङमध्ये करिब ७० मिटर चर्केको थियो । चर्किएको सुरुङको करिब आधाजसो भाग मर्मत भैसकेको जानकारी मन्त्री झालाई आयोजनाका निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले गराए ।
पावर हाउस सुरुङमा चर्किएको भाग मर्मत गर्ने क्रममा
निरीक्षणपछि मन्त्री झाले सुरुङको काममा यस्ता समस्या प्राकृतिक कारणले आउने जानकारी पाएको उल्लेख गर्दै चर्किएको ठाउँमा सुधार सुरु भैसकेको बताए । चर्किएको मध्ये आधाजसो ठाउँमा टि्रटमेन्ट गरिएको र टि्रटमेन्ट ठिक देखिएको मन्त्री झाले बताए ।
आयोजनामा आयोजना प्रमुखसहित उच्च पदहरु रिक्त रहेका कारण पनि आयोजना ढिलो भएको गुनासो आइरहेका बेला मन्त्री झाले कर्मचारीको पदपर्ूर्ति दर्ुइ साताभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गरे । अहिले आयोजनामा आयोजना प्रमुख सहित उच्च तहका छ पद रिक्त रहेका छन् भने अन्य पदहरु पनि रिक्त छन् । आयोजनामा कूल एक सय ८२ दरबन्दी छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक रामेश्वर यादवले आयोजना प्रमुख प्रतिस्पर्धाबाट छनोटको तयारी भैरहेको जानकारी दिए ।
पावर हाउस सुरुङमा चर्किएको भाग मर्मत गर्ने क्रममा
निरीक्षणका लागि आयोजना क्षेत्र पुगेका मन्त्री झालाई स्थानीय नागरिक समाजका प्रतिनिधिहरुले सामाजिक विकासका लागि खर्चनुपर्ने रकममा हिनामिना भएको गुनासो गर्दै आफ्ना मागहरुसमेत राखेका थिए । उनीहरुले सामाजिक विकासको रकम र्सार्वजनिक नगरेको र खर्च गर्नुपर्ने ठाउँमा खर्च नगरेको आरोप लगाएका थिए । त्यसैगरी आयोजनाको काममा गुणस्तरीय नभएको पनि उनीहरुको आरोप छ ।
रेजबोरिङ मेशिनको खराबीका कारण पेनस्टकको चार सय मिटर ठाडो साफ्ट सुरुङ ३० मिटर छड्के भएको भए पनि त्यसबाट आयोजना ढिलाइ नहुने र त्यसवापतको खर्चको भार पनि आयोजनालाई नपर्ने निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए ।
आयोजनाको जम्मा सुरुङ १६ किलोमिटर मध्ये शनिवारसम्म १० दशमलव ४५३ किलोमिटर सम्पन्न भैसकेको छ । जम्मा काममध्ये ४७ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको लागत ३५ अर्व २९ करोड रहेको छ ।

No comments:

Post a Comment