Wednesday, July 17, 2013

जुँगाको लडाइँ


@ शम्भु गौतम
गौरवनाथलाई आफ्नो जुँगाप्रति ठुलै गर्व थियो । हुन पनि सरकारी सेवा, नेपाली सेनाबाट निवृत्त उनको जुँगा हर्ेन लायकको थियो । सेनामा रहँदा पनि जुँगाको समेत भत्ता खाएको कथा गाउँमा मात्रै हैन निक्कै परपरसम्म फैलिएको थियो ।
उनी गाउँका भद्रभलादमी पनि थिए, बुद्धिजीवी पनि थिए । सबैका न्यायकर्ता पनि थिए । सबैले मान्ने पनि गर्थे । यी सबैसँग उनलाई जुँगाको नाता गाँस्न मन लाग्थ्यो ।
उनलाई लाग्थ्यो, जुँगाकै कारण सबै गाउँलेहरुले उनलाई सम्मान गरेका हुन् । यो सम्झेर उनी मनमनै मख्ख पदर्ैर्ैैुँगामा ताउ लगाउँथे ।
यो सबै फर्ुर्तीफार्ती देख्दा उनका माइला भाइ  जङ्गनाथ मनमनै इष्र्याउँथे । उनका पनि जुँगा कम थिएनन् । गाउँमा सबैले दाजुकै जुँगाको मात्रै बखान गर्ने भएकोले उनलाई दाजुका ठाडा जुँगालाई झार्न पाए हुन्थ्यो भन्ने सधैँ लागिरहन्थ्यो । के जुक्ति अपनाउने भन्ने गुनिरहेका थिए, कान्छो भाइ रङ्गनाथले आफूलाई बाबुको अंश थोरै भएको गुनासो सुनाए । यो कुराले उनलाई एउटा जुक्ति सुझेजस्तो लाग्यो । उनले भने, 'त्यसो भए अंश जेठा दाइलाई बढी भएको छ, उव्जाउ हुने बारी उनकै धेर छ, खेत पनि उनको नाममा धेरै छ । कानुनी रुपमा अंशबण्डा पनि भएको छैन । उनले थपे हामीसँग आधार पनि छ, त्यसैले अंशको मुद्दा हाल्नर्ुपर्छ ।'
कान्छो भाइ रङ्गनाथलाई पनि उव्जाउ हुने, मूल्यवान जग्गा हात लाग्ने उपाय निस्केजस्तो लाग्यो । उनलाई लाग्यो 'पहिला एकचोटि दाजुसँग छलफल गरौँ ।' सल्लाहमै उनको जुँगा झार्न पाइयो भने मुद्दामामिलामा किन जानु ! मुद्दामामिलामा जाँदा आफूहरुको पनि सेखी झर्ने मनन गरे । अनि उनीहरुले जेठा दाजुसँग छलफलमा जाने निधो गरे ।
सँगसँगै दाजुकोमा गएर कुरा उठाउँदा सल्लाह गरेर आएको ठहर्ने ठानेर पहिला रङ्गनाथ गौरवनाथकोमा गए । गौरवनाथले सोधे, भाइ ! चिया पिउने - रङ्गनाथले 'हुन्छ' को टाउको हल्लाए ।  केही बेरमा दर्ुइ कप चिया लिएर जेठी भाउजु कोठामा प्रवेश गरिन् । पछिपछि जङ्गनाथ पनि । गौरवनाथले अर्को कप चिया पनि ल्याउन भने र जङ्गनाथलाई बस्न इशारा गरे । गौरवनाथले जुँगामा ताउ लाउँदै सोधे, 'के छ खबर जङ्गको -' जङ्गनाथले पनि जुँगामा ताउ लाउँदै जवाफ दिए, 'ठीकै छ ।' चिया आइपुग्यो । सबैजनाको चियाको सुरुपसुरुपले कोठा गुञ्जायमान भयो । सुरुपसुरुपको गुञ्जनलाई तोड्दै जङ्गनाथले भने, 'दाइ ! रङ्गलाई जग्गामा अलि चित्त बुझेको रहेनछ । एकचोटि सबै जग्गा मिलाउनुपर्‍यो भन्छ । हुन पनि अलि मर्का नै छ उसलाई । उव्जाउ हुने जग्गा पनि कमै छ उसलाई ।'
गौरवनाथका गाला राताराता भए, जुँगा ठाडाठाडा । आँखा अलि ठुला पार्दै कड्किए, 'ए ! त्यसो भए तिमीहरु दर्ुइजना मिलेर आएका -' एकछिन अडिएर फेरि झोक्किए, 'यो कसरी हुन्छ - मेरो भागको कति जग्गा बेचिसकेँ । उसले पनि कति त बेचेको छ । अनि तैँले पनि धेरै जग्गा बेचिसकेको छस् ।'
जङ्गनाथले अलि सम्याउँदै भने, 'सबैले अलिअलि त बेचेकै छ नि । बाँकी रहेको जग्गालाई मिलाए त भै गो नि ।'
गौरवनाथले आँखा ठुलाठुला पार्दै भने, 'कसरी मिलाउने - तिमीहरुले राम्रो राम्रो ठाउँको जग्गा बेचिसक्यौ । मेरो चाहिँ राम्रो ठाउँमा बाँकी छ । अनि कसरी मिल्छ र मिलाउने -'
चिया सकिएकै थिएन । जङ्गनाथ जुरुक्क उठे, हात उठाउँदै भने, 'त्यसो भए अव यो कुरा अदालतमै मिल्छ ।' जङ्गनाथ कोठाबाट बाहिरिए, रङ्गनाथ पछिपछि लागे । गौरवनाथलाई कताकता नराम्रो लाग्यो । आज पहिलोचोटि कुनै मुद्दा मिलाउन नसकेजस्तो लाग्यो । सधैँ अरुको मुद्दा मिलाउने गौरवनाथले आज आफ्नै मुद्दा मिलाउन सकेनन् । 'आफ्नो मुद्दा मिलाइदेऊ' भनेर कसैकोमा जाने मन पनि लागेन उनलाई । उनले थाहा पाए, 'अरुको मुद्दा मिलाउन सजिलो हुँदोरहेछ, आफ्नो मुद्दा मिलाउन गाह्रो ।'
नभन्दै दर्ुइ भाइले अंशबण्डाका लागि अदालतमा मुद्दा दिएछन् । जग्गाकै लागि भाइहरुसँग झुक्न जान पनि मन लागेन उनलाई । आफ्नो मान, प्रतिष्ठा, इज्जत सम्भिmए र एकपटक जुँगामा हात पुर्‍याए । लाग्यो, 'ए ! जुँगा त रहेछ ।' फेरि मुद्दा सम्भिmए, झस्किए !
गौरवनाथ एकदिन बजारतिर लाग्दै थिए । दर्ुइ भाइहरु बजारबाट घर र्फकँदै रहेछन् । उनलाई लाग्यो, 'अव यही मौकामा भाइहरुसँग कुरा गर्छर्ुु दाइभाइमा होचोअर्घर्ेेे त भैहाल्छ नि ।' उनले बोलौँबोलौँ के गरेका थिए, भाइहरु वास्तै नगरी सरासर गए । उनलाई लाग्यो, 'म त यिनीहरुको दाजु पो हुँ त । सारा गाउँलेले मलाई मान्छन्, सम्मान गर्छन्, उनीहरु सबैको मुद्दा मिलाइदिएको छु । यिनीहरुसँग चाहिँ किन झुक्नु म ।' गौरवनाथले मन बलियोसँग बाँधे र बजारतिर लागे ।
बजारमा गाउँका अग्रज हेमनारायणसँग उनको भेट भयो । हेमनारायणले पनि उनीहरुको मुद्दाको बारेमा सुनेका रहेछन् । एक चिया गफभरि गौरवनाथलाई सम्झाए हेमनारायणले । 'हुन त गौरवनाथ ! तिमी आफैँ सबैको मुद्दा मिलाएर, गाउँ मिलाएर बसेका छौ । तिमीलाई के सम्झाउनु, तर यो जग्गा मुद्दा भनेको सारै खराब हो । जग्गा सिद्दिँदा पनि मुद्दा सकिँदैन । अरु कुरामा घमण्ड गरे पनि जग्गा मुद्दामा घमण्ड गर्दा आफू सकिएको थाहै हुँदैन ।' हेमनारायणले भने ।
हुन पनि घमण्ड भन्ने कुरा अचम्मकै छ । घमण्डले आफूले आफैँलाई हर्ेदा मात्रै फुलेको देखिने हो । अरुले हर्ेदा जस्ताको तस्तै, जत्राको तत्रै ।
उनीहरुबीचमा धेरै वर्षमुद्दा भयो । नभन्दै गौरवनाथले जग्गाको मूल्यभन्दा बढी खर्च मुद्दामा सके । गौरवनाथले मात्रै हैन, उनको सेखी झार्न खोज्ने जङ्गनाथ र रङ्गनाथले पनि निक्कै सम्पत्ति गुमाए । अझै मुद्दा सकिएको छैन । अझै उनीहरुमा जुँगाको ऊर्जा सकिएको छैन । गौरवनाथलाई धनसम्पत्ति धेरै सकिए पनि मानप्रतिष्ठा बाँकी रहेकोमा अझै गर्व छ, जुँगा जोगिएकोमा अझै गर्व छ । त्यही कुरामा गर्व गर्दै उनी ऐनासामु गए, ठुलो ऐनासामु । तर आफूलाई देखेनन् । आँखा मिचेर फेरि हेरे । आफैँलाई एक थप्पड गालामा हाने पनि उनले ! बुझे, विपनै रहेछ । तर अझै देखेनन् आफूलाई । राम्रोसँग नियाले, अनि जुँगा मात्रै देखे । अब त जुँगा मात्रै पो बाँकी रहेछ ।
(यो कथा 'प्रदेय' मासिकमा प्रकाशित भएको हो ।)

No comments:

Post a Comment