Tuesday, July 2, 2013

खुला दिसामुक्त अभियानपछि विरामी घटे

दोलखा/दोलखाका गाउँहरुमा खुला दिसामुक्त गर्ने अभियानपछि ग्रामीण जनताको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । खुला दिसामुक्त भएपछि दोलखाको लाकुरीडाँडा गाविसमा विरामीको संख्यामा ९० प्रतिशतले कमी आएको छ ।
पछिल्लोपटक दोलखको लाकुरीडाँडालाई खुला दिसामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा सहभागी लाकुरीडाँडा ८ का दर्ुर्गे श्रेष्ठले भने, 'खुला दिसामुक्त गर्ने अभियानपछि टोलमा विरामी हुनेको संख्यामा कमी आएको छ ।  झाडापखाला, टाइफाइड, रुघाखोकीबाट धेरै विरामी हुन्थे, अहिले त्यसरी विरामी हुनेको संख्या ९० प्रतिशतले घटेको छ ।' यसअघि खुला रुपमा दिसा गर्दा
वातावरण फोहोर हुने र साँझ, विहान तथा विरामी हुँदा बाहिर जान समेत गारो हुने गरेको श्रेष्ठले बताए ।
पहिला चर्पी नहुँदा खोला, जंगलमा जाने गरेकी लाकुरीडाँडा ४ की यज्ञकुमारी रेग्मी अहिले धेरै सजिलो भएको बताउँछिन् । 'पहिला खोला, वनमा दिसा गर्न जाँदा अरुले देख्थे, लाज हुन्थ्यो । फोहोर पनि हुन्थ्यो । अव त सफासुग्घर पनि भएको छ । कसैले देखेन ।', रेग्मीले भनिन् । दर्ुइ वर्षघि बनाएको चर्पी भत्किएपछि यसपालि फेरि बनाएको उनले बताइन् ।
लाकुरीडाँडा ४ कै वेदकुमारी केसीले पनि यसपालि चर्पी त बनाएकी छन् । तर पानीको अभावका कारण उनलाई सफासुग्घर गर्न समस्या भएको छ । खोला, बनमा जानुको सट्टा चर्पीमा जाँदा वातावरण चाहिँ सफा भएको उनको अनुभव छ । उनी वर्षा छ महिना भन्दा बढी एक किलोमिटर टाढाबाट पानी बोक्नुपर्ने बाध्यता खेप्दै आाएकी छिन् ।
खुलै रुपमा घुर्‍यानमा
दिसा गर्ने र त्यसलाई मलको रुपमा प्रयोग गर्दै आएका लाकुरीडाँडा ८ का मानबहादुर श्रेष्ठले पनि यसपालि चर्पी बनाएका छन् । दर्ुइ वर्षघिसम्म दर्ुइ घरको साझा चर्पी प्रयोग गर्दैआएका श्रेष्ठले यस वर्षाट आफ्नै चर्पी बनाएका हुन् । हरेक घरले चर्पी नबनाए गाउँ विकास समितिले कुनै पनि सिफारिस नदिने भनेपछि यसपालि एकलौटी चर्पी बनाएको श्रेष्ठले बताए । चर्पी निर्माणका लागि जिल्ला गाउँ विकास समितिले १२ सय अनुदान दिएको र २५ हजारको लागतमा चर्पी निर्माण गरेको श्रेष्ठले बताए । उनले भने, 'अव त खुलै दिसा गर्न अप्ठेरो लाग्छ ।'
लाकुरीडाँडा गाविसमा दर्ुइ वर्षघिबाट खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सुरु भएको हो । अभियान सुरु गर्नुअघि सो गाविसमा दर्ुइ सय ९ घरमा मात्रै चर्पी थियो । अहिले सबै एक हजार ५० घरमा चर्पी बनिसकेको छ । सबै घरमा चर्पी निर्माण गर्ने अभियान सफल भएपछि लाकुरीडाँडा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको गाविस अध्यक्ष तर्ीथराज घिमिरेले जानकारी दिए ।
यसअघि दोलखाका बोच, च्यामा र सुस्पाक्षमावती गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । अभियानका लागि लाकुरीडाँडा गाविसलाई जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलखाले सो गाविसलाई १५ लाख ५० हजार अनुदान उपलव्ध गराएको थियो ।
खुला दिसामुक्त गाविस घोषणको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खुला रुपमा दिसा नगर्न सम्पूण गाउँवासीलाई सपथ गराएका थिए ।
लाकुरीडाँडा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरे पनि कतै र्सार्वजनिक शौचालय निर्माण गरिएको छैन । लाकुरीडाँडा र्सार्वजनिक सवारी गुड्ने र पर्यटकीय महत्वको जिल्ला पनि हो ।

No comments:

Post a Comment