Saturday, July 6, 2013

लोक नाट्य उत्सव सम्पन्न

कैलालीको मसुरिया कचरी नाट्य समूहको झाँकी
दोलखा, २२ असार/नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा सञ्चालन भएको दर्ुइ दिने राष्ट्रिय लोक नाट्य उत्सव शनिवार सम्पन्न भएको छ ।
शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरको लोक नाट्य उत्सवमा नेपालका विभिन्न जिल्लाका ६ वटा लोक नाटकहरु प्रस्तुत गरिएको थियो ।

पाल्पाको धर्मोदय दशावतार वालन सांस्कृतिक समूहले भगवान विष्णुको दश अवतारमा आधारित 'दशावतार वालन' नाटक प्रस्तुत गरेको थियो । त्यसैगरी डवली काठमाडौँले तामाङ संस्कृतिमा आधारित 'थोङ्से' नाटक प्रस्तुत गरेको थियो ।

ने
पाल्पाको वालन समूहको झाँकी



बालन नाटकको झलक
पाल सन्थाल आदिवासी उत्थान संघ झापाले 'सगेन सकाम सन्थाल एख्था' लोकनाटक प्रस्तुत गरेको थियो । त्यसैगरी सृष्टि नाट्य समूह धरानले किराँत संस्कृतिमा आधारित 'हेत्था तुप्पा' लोकनाटक पर््रदर्शन गरेको थियो । मसुरिया कचरी नाट्य समूह कैलालीले कमैयाहरुको कथामा आधारित 'दुःखी कमैया' नाटक प्रस्तुत गरेको थियो भने दोलखाको नाट्यश्वर कला समूहले रोपाईँ पर
म्परामा आधारित 'फेर' प्रथा नाटक प्रस्तुत गरेको थियो ।
लोक नाट्य उत्सवमा दोलखा जिल्ला बाहिरबाट ७६ जना कलाकारहरु दोलखा आएका थिए भने दोलखाका २० जना कलाकारहरुले आफ्नो प्रस्तुती पर््रदर्शन गरेका थिए । सो उत्सवाई स्थानीय स्तरमा सहयोग गरी जिल्ला विकास समिति दोलखा, भीमेश्वर नगरपालिका, नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा र दोलखा उद्योग वाणिज्य संघले सहआयोजकको जिम्मेवारी निर्वाह गरेका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं लोक नाटक विभाग प्रमुख तर्ीथ बहादुर थापाले लोक नाटक उत्सव सफल भएको र त्यसले आफूलाई लोकनाटकको उत्थान र विकासका लागि उत्साह थपेका बताए । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले लोकनाटक हर्ेनका लागि दर्शकको खचाखचले लोकनाटकको भविष्य राम्रो रहेको पुष्टि गरेको बताए । दोलखामा आयोजना गरेको लोक नाटक उत्सवले दोलखामा चलचित्र नगरी निर्माणका लागि पनि सहयोग पुर्‍याएको बताए ।
सो अवसरमा लोकगीतको माध्यमबाट कला संस्कृतिको विकासमा सहयोग पुर्‍याउने दोलखाली लोक गायकहरु कुमार कार्की, हरिबहादुर थापा र दीपक स्वप्निल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment