Friday, July 5, 2013

'चुनावको अवसर कहिल्यै नआउन सक्छ' - मन्त्री श्रेष्ठ

दोलखा, २१ असार/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले चुनाव बहिस्कार गर्ने दलहरुलाई चनावमा आउन आउन आग्रह गरेका छन् । उनले अहिले संविधानसभाको निर्वाचन हुन नसके कहिल्यै हुन /
नसक्ने संकेत समेत गरेका छन् ।
नेपाल संगीत तथा नाट्य उत्सवको दोलखा सदरमुकाम चरिकोटमा उद्धाटन गर्दै मन्त्री श्रेष्ठले दलहरुलाई आगामी संविधानसभा निर्वाचनमा आउन आग्रह गरेका हुन् । मन्त्री श्रेष्ठले भने, 'नेपालमा चुनाव गर्ने अवसरको समस्या छ । चुनाव गर्ने यो अवसरलाई हामीले गुमायौँ भने फेरि चुनाव गर्ने अवसर कहिले आउँछ भन्न सकिन्न ।'

सरकार स्वच्छ मन लिएर चुनावमा लागिसकेकोले कुनै पनि दलले बाधा विरोध गर्नु नहुने उनको धारणा थियो । निर्वाचनको विरोध गरिरहेका दलहरुलाई उनले वार्तामा आउन आग्रह गरे । उनले भने, 'वार्ता गर्न आउनुस् ढोका खुला छ । सरकार वार्ता गर्न तयार छ । तर अनावश्यक माग राखेर कसैले धम्की दिन्छ भने सरकारले त्यसलाई स्वीकार्न सक्दैन र सरकारले त्यसको पर्वाह पनि गर्दैन ।'
अहिलेसम्मको इतिहासमा यो गैरराजनीतिक र महत्वपर्ूण्ा सरकार भएकोले दावी गर्दै मन्त्री श्रेष्ठले यो सरकारले चुनाव मात्रै गराउने, आफू चुनावमा भाग नलिने बताए ।
पाल्पाबाट वालन नाटकको झाँकी
अहिले राजनीतिक वृत्तमा चुनाव कसले गर्ने भन्नेबारे चर्चा चलिरहेका बेला मन्त्री श्रेष्ठ निर्वाचन कसले गर्ने भन्ने कुरा अनावश्यक भएको बताए । मन्त्री श्रेष्ठले भने, 'पहिला दलहरुले चुनाव गराउँदा आफ्नो दललाई जिताउन पाए हुन्थ्यो भन्ने दलहरुलाई लाग्थ्यो । तर अहिले कुन दललाई फाइदा पुग्छ, कुन दललाई घाटा हुन्छ । कुन दल जित्छ, कुन दल हार्छ, सरकारको चासोको विषय हैन ।' उनले अगाडि थपे, 'हामीलाई भोक लाग्यो भने खाना खान पाउनुपर्‍यो, खाना पकाउने मान्छे को हो - होचो छ कि अग्लो छ - कालो छ कि गोरो छ - भन्ने कुरा महत्वपर्ूण्ा हैन । स्वच्छ र मिठो खाना खान पाउनु पर्‍यो ।'
कैलालीबाट दुखी कमैया नाटकको झाँकी
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तर्ीथबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रचण्डमान मल्लले संस्कृति संरक्षणमा लोक नाटकको महत्वपर्ूण्ा योगदान रहने बताए ।
पाल्पाको वालन नाटक प्रस्तुती
उत्सवको पहिलो दिन शुक्रवार धर्मोदय दशावतार वालन सांस्कृतिक समूह पाल्पाले दशावतार वालन नाटक, डवली काठमाडौँले थोक्से नाटक, नेपाल सन्थाल आदिवासी उत्थान संघ झापाले सगेन सकाम सन्थाल एख्था नाटक प्रस्तुत गरेका थिए । त्यसैगरी शनिवार सृष्टि नाट्य समूह धरानले हेत्था तुप्पा नाटक, मसुरिया कचरी नाट्य समूह कैलालीले दुःखी कमैया नाटक, नाट्यश्वर कला समूह दोलखाले फेर प्रथा नाटक प्रस्तुत गर्ने कार्यक्रम छ ।

No comments:

Post a Comment