Monday, July 1, 2013

संरक्षण क्षेत्र नजिकै तस्करीका सामान

दोलखा/वन पैदावार र जंगली पशुपन्छी संरक्षणको जिम्मा पाएको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय नजिकै तस्करीका सामान भण्डारण गरिएको पाइएको छ । संकलन र निकासीका लागि प्रतिबन्ध गरिएका वन पैदावार संरक्षण क्षेत्रको कार्यालय नजिकै भण्डारण गरिनुमा कार्यालयकै संलग्नता रहेको स्थानीयको आरोप छ ।
संरक्षण क्षेत्रको प्रधान कार्यालय सिँगटीको करिब एक सय मिटर उत्तरतर्फजंगलबाट अबैध रुपमा संकलन गरी ल्याएका धुपी सल्लाको चोइटा र झयाउ भण्डारण गरी राखिएको छ । धुपी काठ र चोइटा लगायतका पैदावार सिन्धुपाल्चोक हुँदै निकासी हुन थालेपछि मन्त्रालयस्तरबाट समेत पटकपटक बैठक बसी सुरक्षा संयन्त्र परिचालन हुँदै आएको थियो । तर पछिल्लो समयमा संरक्षण क्षेत्र कार्यालयबाटै चोरी निकासी भइरहेको रहस्य खुलेको हो । संक्रमण कालको फाइदा उठाउँदै चोरी तस्करी हुनु र सरकारीस्तरबाट नियन्त्रण हुन नसक्नु संरक्षण क्षेत्रको अकर्मण्य भएको स्थानीको
गुनासो छ ।
'हामीलाई आफ्नै बारीको रुख काट्न समेत आदेश माग्नर्ुपर्छ', एक स्थानीयले भने, 'आफ्नै कार्यालय छेउमा भण्डारण गरेको अवैध वन पैदावार देखेको नदेख्यै गर्नु कार्यालयको संलग्नता नभए के हुन्छ -'
सिन्धुपाल्चोकतर्फहिँडेर जाने बाटोमा पछिल्लो समय सुरक्षा जाँच पनि कडा र वषर्ातले बाटो विग्रिएपछि तस्करहरुले सिँगटीको बाटो प्रयोग गर्न थालेका हुन् । स्थानीयका अनुसार ठिङ्साङ्को जंगलबाट बोरामा हालेको चोइटा बोकाएर गाउँसम्म निकाल्ने र त्यहाँबाट ट्रकबाटै सिँगटी ल्याएको हो । जंगलमा चोइटा थुप्रै भएको र सिँगटीमा १० टन बढी भण्डारण गरिएको स्थानीयले जानकारी दिएका छन् । त्यहाँ भण्डारण गरिएको झ्याउ र धुपीका चोइटालाई निकासी गराउन संरक्षण क्षेत्रका कर्मचारी आफैँ सक्रिय रहेको उनीहरुको आरोप छ ।
तस्करी रोक्नका लागि संरक्षण क्षेत्रको सक्रियतामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र जिल्ला वन प्रमुखहरुको बैठक समेत भएको थियो । गत फागुन २८ गते भएको तीन जिल्लाका सुरक्षा निकायको बैठकले तस्करी नियन्त्रणका लागि संयुक्त चेकपोष्ट राख्ने निर्ण्र्ाासमेत भएको थियो ।
वन्यजन्तुका खबटा, नंग्रा, जंगली जडिबुटी र काठ बढी तस्करी हुने नाका सिन्धुपाल्चोकको तातोपानी र घोर्थली गाविसको दोलंसामा सिन्धुपाल्चोकको सुरक्षा निकायसँग थप समन्वय गरी संयुक्त चेक पोष्ट राख्ने निर्ण्र्ााभएको थियो । दोलखाको विगू र सिन्धुपाल्चोकको घोर्थलीको सिमानास्थित ठिङ्साङ्ला वन क्षेत्रबाट सबैभन्दा बढी चोरी निकासी हुने गरेको छ । जडिबुटी, बहुमुल्य धुपीका काठ चोरी तस्करीका कारण त्यस क्षेत्रमा सुरक्षा अवस्था समेत खतरा मानिन्छ ।
ठिङ्साङ्ला वन क्षेत्रमा करोडौं मूल्यका धुपीका रुखहरु ठाडो र ढलेका सुकेका लगत तयार भएको संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए । धुपीका चोइटा बनाउन र संकलन गर्न स्थानीय संरक्षण समितिले अनुमति दिएकाले उनले स्वीकार गरे । गौरीशंकर संरक्षण क्षेत्र सञ्चालन निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृति नभएको अवस्थामा कानुनले नै स्थानीय समितिको सिफारिसमा छुटपर्ुर्जी दिन सकिने बताए ।
गौरीशंकर संरक्षण क्षेत्र अहिले संक्रमण अवस्थामा छ । यस्तो अवस्थामा संरक्षण क्षेत्रले आफैँले निकुञ्ज र संरक्षण क्षेत्रको नियमावली कार्यान्वयन गर्न नसक्ने र त्यहाँ रहेको प्राकृतिक स्रोत साधनको मूल्य तोक्न तथा विक्री गर्न, संकलन र निकासी गर्न नसक्ने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सीता केसीले बताइन् । यस विषयमा विवाद भएपछि संरक्षण क्षेत्रबाट कुनै पनि स्रोत साधन संकलन र निकासी नगर्ने सम्झौता समेत भएको अध्यक्ष केसीको दावी छ ।
साहका अनुसार पाँचऔंले, झयाउ, कुड्की, ओखरको बोक्रा संकलन र निकासीमा प्रतिबन्ध छ । त्यसैगरी प्रशोधन गरी सारतत्व निकालेर यार्सर्ााम्बा, सुगन्धवाल, सुगन्ध कोकिला, सिलाजित, लौठसल्ला, र्सपगन्धा, पोलिपत्र निकासी गर्न पाउने व्यवस्था छ ।
गौरीशंकर संरक्षण क्षेत्रका विभिन्न क्षेत्रमा व्यापक वन फँडानी र तस्करी बढेको गुनासो आएपछि वन मन्त्रालय र मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले समेत दर्ुइ वटा छानविन समितिले समेत संरक्षण क्षेत्रले प्रभावकारी काम गर्न नसकेको र वन कार्यालयहरुसँग समन्वय नपुगेको प्रतिवेदन बुझाएका थिए ।

No comments:

Post a Comment