Tuesday, July 2, 2013

स्थानीयको उजुरीपछि भुक्तानी रोक्का

दोलखा, १७ असार/गाउँको विकासे काममा अनियमिताका भएको उजुरी स्थानीयले गरेपछि दोलखाका दुइवटा योजनाको भुक्तानी रोकिएको छ । स्थानीयको उजुरीपछि प्रमुख जिल्ला अधिकारीले भुक्तानी रोक्ने आदेश दिएपछि राती अवेरसम्म भएपनि चेक काट्ने योजना समेत विफल भएको छ ।
सोमबारदेखि फेजआउट हुने ग्रामीण पुननिर्माण तथा पुनस्थापना आयोजनाको सबै भुक्तानी आइतवार राती १२ वजेसम्म दिइसक्नुपर्ने भन्दै उपभोक्ता समितिहरुले दवाव दिइरहेका थिए । तर फर्जी उपभोक्ता समिति बनेको, काममा अनियमितता भएको उजुरीपछि आइतवार भिरकोट-जफे-मालु-सहरे-च्यामा-हावा सडकको जफे र सहरे खण्डको भुक्तानी रोकिएको हो । जफेमा फर्जी उपभोक्ता समिति बनाइ काम गरेको आरोप छ भने सहरेमा काममा अनियमितता भएको आरोप छ ।
दर्ुइ दिन अघि जफे र सहरेका योजनामा कामै नगरी लाखौं भ्रष्टाचार गर्न लागेको भन्दै स्थानीय राजनैतिक दलका नेता सहितको समूहले भुक्तानी रोक्ने आदेश माग गर्दै उजुरी गरेका थिए । आइतबार पुनः सोही समूह केही मानिसहरुले 'काम केही भएको देखियो' भन्दै समस्या समाधान गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी काल्रि्रसाद पराजुलीले आफू अख्तियारको अनुसन्धानकर्ता भएकाले अनुसन्धान विना केहर्ीगर्न नसक्ने बताएपछि रातीसम्म भुक्तानी गर्ने कार्य रोकिएको हो । आयोजनाको जिल्ला कार्यालयले दर्ुइवटा उपभोक्ता समितिलाई करिब ३२ लाख रातीसम्म भए पनि कागजपत्र मिलाएर भुक्तानी गर्ने तयारीमा थियो ।
आयोजना अर्न्तगत दोलखाको भीरकोट-जफे-मालू-हावा सडकमा १५ दिनभित्र पूरा गरी प्रतिवेदन दिनका लागि कार्यालयले गत जेठ २६ गते उपभोक्ता समिति गठन गरी जिम्मेवारी दिएको थियो । आयोजनाले जिल्लाका सो सडकसँगै आसपासको खानेपानी, झोलुङ्गे पुल, बाटो मर्मत समेतको जिम्मेवारी दिएको थियो । भीरकोट-जफे-मालू-हावा सडकको बाँकी काम पूरा गर्न जेठ २६ गते सम्झौता गरी असार १० भित्र कार्य सम्पन्न प्रतिवेदन बुझाउने गरी कार्यालयले उपभोक्ता समितिसँग सम्झौता गर्‍यो । जफे, सहरे र च्यामा समेतका उपभोक्ता समितिलाई १५ दिनभित्र करिब ८० लाखको काम पूरा गरी प्रतिवेदन बुझाउनु पर्ने जिम्मेवारी थियो । च्यामाको उपभोक्ता समितिबारे विवाद नभए पनि जफे र सहरेको समितिको काममा विवाद भएपछि दर्ुइवटा समितिको भुक्तानी रोकिएको आयोजना संयोजक महेशचन्द्र न्यौपानेले जानकारी दिए । संयोजक न्यौपानेले उपभोक्ता समितिले गरेको काममा विवाद भएपछि जफेको उपभोक्ता समिति पर्ुनर्गठन गरिएको र दुवै समितिको कामको पुनमूल्यांकन गरी भुक्तानी गरिने जानकारी दिए ।
उपभोक्ता समितिको काममा भ्रष्टाचार भएको उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरिएको र सो समितिको प्रतिवेदनपछि मात्रै निर्ण्र्ाालिइने प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

No comments:

Post a Comment