Saturday, January 31, 2015

जन्ती बोकेको बस पल्टिँदा बालिकाको मृत्यु

दोलखा, माघ १७ । दोलखाको मिर्गेबाट रामेछापतर्फर्फकँदै गरेको बिहेको बस पल्टँदा एक बालिकाको मृत्यु भएको छ भने १९ जना जन्ती घाइते भएका छन् ।

हिजो बेलुका रामेछापको बेताली ५ बाट दोलखाको मिर्गे लगिएको बिहेका जन्ती बोकेको बस आज बिहान बिहे सकी र्फकने क्रममा मिर्गे गाविस ५ जइनालामा पल्टँदा दैलेख घर भै दोलखाको मेलुङस्थित आफन्तकोमा आएकी ४ वर्षीया बालिका कीर्तिका खड्काको मृत्यु भएको हो ।  जान लागेको बिहेको जन्ती बोकेको बस पल्टँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु १९ जना जन्ती घाइते भएको र ती मध्ये ८ जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । घाइतेको उपचार स्थानीय अस्पतालमा भैरहेको छ ।
विवाह सकेर जन्ती सहित र्फकने क्रममा ना २ ख ६५७९ नम्बरको सो बस विहे घर नजिकैको सडकबाट करिब ५० फिट तल खसेको हो । चालकको लापरवाहीको कारण बस दर्ुघटना भएको भन्दै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट बेहुला बेहुली भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment