Tuesday, January 6, 2015

स्थानीय पत्रिकालाई सहयोग गर्न समाज र युनियनको माग

दोलखा पुस २२/दोलखा जिल्लामा दर्ता भै बेलाबखत प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरुलाई नियमित प्रकाशनका लागि सघाउ पुर्‍याउन सहयोग अनुरोध गर्दै लोकतान्त्रिक सम्पादक प्रकाशक समाज, दोलखा र नेपाल प्रेस युनियन दोलखा जिल्ला शाखाले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेको छ

मङ्गलवार लोकतान्त्रिक सम्पादक प्रकाशक समाज र नेपाल प्रेस युनियन दोलखाले जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो । जिल्ला विकास समितिमा बुझाइएको ज्ञापनपत्रमा जिल्लाबाट प्रकाशन प्रसारण हुँदैआएका आमसञ्चार माध्यमहरुको अवस्था दयनीय भएको उल्लेख गर्दै ती सञ्चारमाध्यम दोलखा जिल्लाका सबै आमसञ्चार माध्यमको आत्मनिर्भरता, विकास र सुसञ्चालनका लागि जिल्ला विकास समिति लगायत स्थानीय निकायको भूमिका महत्वपर्ूण्ा रहेकोले भन्दै सहयोग गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा विगतमा दोलखा जिल्लाबाट प्रकाशन हुँदैआएको साप्ताहिक पत्रिकाहरुलाई जिल्ला विकास समितिले प्रति अङ्क सात सय रुपैयाँ दिँदै आएकोमा केही समयदेखि सो रकम दिन बन्द गरिएको उल्लेख छ । लोकतान्त्रिक सम्पादक पत्रकार समाज दोलखाका संयोजक शम्भु गौतम र नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाईँद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आगामी दिनमा ती पत्रपत्रिकाहरुलाई प्रति अङ्क १५ सय रुपैयाँ उपलव्ध गराउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता भएको २७ वटा पत्रपत्रिकामध्ये आधा दर्जन पत्रिका मात्रै कहिलेकाहीँ प्रकाशन हुँदैआएकोमा ती पत्रिपत्रिकाहरुको नियमितताका लागि समानुपातिक ढंगले विज्ञान उपलव्ध गराउने व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ ।
ज्ञापनपत्र लिँदै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दोलखा जिल्लामा प्रकाशान प्रसारण रहेका सञ्चारमाध्यमको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले कार्यलय प्रमुखहरुको बैठकमा सबै कार्यालय प्रमुखहरुलाई समानुपातिक रुपमा जिल्लाका पत्रपत्रिकाहरुलाई विज्ञापन उपलव्ध गराउन अनुरोध गर्ने वचन दिनुभएको छ । त्यसैगरी उहाँले राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित विज्ञापनको रकमको केही अंश स्थानीय सञ्चारमाध्यमलाई समेत उपलव्ध गराउन पहल गर्ने बताउनुभएको छ ।

No comments:

Post a Comment