Friday, January 9, 2015

जिरीका नौ सहकारी एकीकरण

दोलखा पुस २४/भर्खरै गठन भएको दोलखा जिल्लाको जिरी नगरपालिकामा भएका नौवटा सहकारी एकीकरण भएका छन् ।
सहकारी मापदण्ड २०६८ लाई पछ्याउँदै जिरीका विभिन्न उद्देश्य बोकेका नौ सहकारी एकीकरण भएका हुन् । सहकारी मापदण्ड २०६८ मा एउटै जिल्लाका एउटै उद्देश्य भएका सहकारीहरुमा कुनै व्यक्तिले एउटामा
मात्रै सदस्य बन्न पाउने प्रावधान छ । एकीकरण भई बनेको एकीकृत प|mेण्डसिप साकोसका संयोजक केशवकुमार कार्कीले सहकारी मापदण्ड २०६८ अनुसार सहकारीहरु एकीकरण गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय दवावका कारण तथा संस्थागत र दर्ीघकालीन विकासका लागि सहकारीहरु एकीकरण गरिएको बताउनुभयो । यति धेरै सहरकारीहरु एकीकरण भएको देशकै पहिलो भएको उहाँको दावी थियो ।
जिरीका प|mेण्डसिप साकोस, जिरी खिम्ती साकोस, मेलमिलाप साकोस, कुखुरा विकास साकोस, गौरव साकोस, हनुमन्ते आलु बीउ साकोस, सुइरे साकोस, बोजिनी साकोस र कोसेली घर साकोस एकीकरण भएका हुन् । यी सहकारीहरुमा एकीकरणअघि ६ हजार ५ सय ८५ सदस्य भएकोमा एकीकरणपछि करिब ५ हजार सदस्य हुने अनुमान संयोजक कार्कीको अनुमान छ ।
एकीकरणपछि सो सहकारीको शेयर पूँजी ३ करोड २८ लाख सात सय पुगेकेा छ भने बचत ३० करोड ५९ लाख ९९ हजार ८ सय ९० पुगेकेा छ । त्यसैगरी सबै सहकारीमा गरी ३० करोड ७४ लाख ६८ हजार १० छ भने संस्थागत पूँजी एक करोड ७९ लाख १८ हजार ६ सय १५ छ । त्यस्तै संस्थाको स्थीर पूँजी एक करोड १७ लाख ६९ हजार ६ सय ८६ रुपैयाँ र कूल पूँजी ४३ करोड ५६ लाख ९ हजार दर्ुइ सय २६ पुगेको छ ।
दोलखाको जिरी नगरपालिका, श्यामा गाविस र रामेछापको रस्नालुलाई कार्यक्षेत्र बनाएको एकीकृत प|mेण्डसिप साकोसले आगामी दिनमा ऋणमा मात्रै लगानी नगरी कानुन परिवर्तन भै आएमा आयमूलक र उत्पादनमूलक कार्यहरुमा लगानी गर्ने लक्ष्य बनाएको छ । उक्त साकोसले अनलाइन र वेव बेसमा समेत सेवा दिने तयारी गरिरहेको संयोजक कार्कीले जानकारी दिनुभयो ।
दोलखा जिल्लामा विभिन्न उद्देश्यका ५ सय १९ सहकारीहरु रहेको डिभिजन सहकारी कार्यालय दोलखाले जानकारी दिएको छ ।

No comments:

Post a Comment