Monday, January 19, 2015

दोलखाको जिरीमा विमोचन भो 'जिरी सन्देश'

दोलखा, माघ ५ /पर्यटकीय नगरी जिरीका पत्रकारहरुको प्रयासमा प्रकाशित जिरी सन्देश साप्ताहिकको विमोचन नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव र जिरीका समाजसेवी लीलाबहादुर कार्कीले संयुक्त रुपमा गर्नुभएको छ ।
पत्रिका विमोचन गर्दै प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले नवगठित जिरी नगरपालिकाले प्रशस्त सम्भावना बोकेकाले जिरी सन्देश साप्ताहिकको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।
उहाँले सगरमाथाको प्रवेशद्वार जिरीबाट प्रकाशन हुन थालेको जिरी सन्देशले नयाँ नगरपालिकाको विकासका लागि वहस छेड्नुपर्ने धारणा राख्नुभयो ।
दोलखाको दोस्रो मुख्य बजार जिरीमा करिब दर्ुइ साताअघि लोकतान्त्रिक सम्पादक प्रकाशक समाज र नेपाल प्रेस युनियन दोलखाको सहकार्य तथा नेपाल प्रेस युनियनको जिरी समन्यव समितिको आयोजनामा 'जिरीमा पत्रकारिताको सम्भावना र चुनौती' विषयक अन्तक्रिर्याको फलस्वरुप जिरी सन्देशको प्रकाशन भएको हो । सो अन्तक्रिर्याका बेला नै 'जिरी सन्देश' साप्ताहिक जिरीबाट प्रकाशन गर्ने उद्घोष गरिएको थियो । जिरी सन्देशका लागि सम्पादक भक्त केसी, सहसम्पादक सिवस बस्नेत र प्रबन्ध निर्देशक मधुकुमार कार्की रहेका छन् ।
पत्रिकाको विमोचन कार्यक्रममा राष्ट्रिय समाचार समितिका सदस्य सन्तोष न्यौपाने, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धर, जिरीका समाजसेवी टंक जिरेल, पर्ूव सभासद् तथा च्योर्दोङ साप्ताहिकका सम्पादक इन्द्रबहादुर खड्का, प्रेस युनियन वागमती क्षेत्रीय संयोजक रमेश खतिवडा, लोकतान्त्रिक सम्पादक प्रकाशक समाजका संयोजक शम्भु गौतम, नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाईँ, दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सोनाम शर्ेपा, जिरी नगरपालिकाका कार्यकारी प्रमुख लालबहादुर गुरुङले पत्रिकाको दर्ीघायुको शुभकामना व्यक्त गर्नुभएको थियो । पत्रिकाका सम्पादक भक्त केसीको अध्यक्षतामा भएको विमोचन समारोहमा उपस्थित अतिथिलाई उपसम्पादक सिवस बस्नेतले धन्यवाद ज्ञापन गर्दै पत्रिकालाई व्यवसायिक बनाउने र दर्ीघजीवन दिने वचनवद्धता गर्नुभएको थियो ।
लोकतान्त्रिक सम्पादक प्रकाशक समाज दोलखा र नेपाल प्रेस युनियन दोलखाको अगवाईमा 'जिरीमा पत्रकारिताको सम्भावना र चुनौती' विषयक अन्तक्रिर्या गरेपछि जिरी नगरपालिकाले समग्र मिडिया विकासका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको थियो । 

No comments:

Post a Comment