Monday, March 30, 2015

चट्याङबाट दुइको मृत्यु

दोलखा, चैत १६/सोमवार दिनभरको अविरल वर्षापछि परेको चट्याङका कारण दोलखाको मागापौवा गाविका एकै परिवारका दुइजनाको मृत्यु भएको छ ।

चट्याङले जिल्लाका मागापौवा गाविस ४ का ६९ वर्षीया साहिली तामाङ र उनकी नातिनी ११ वर्षीया फुलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिए ।
यसैगरी चट्याङकै कारण जिल्लाको मेलुङ गाविस ४ का ४५ वर्षीया मैया खड्का र उनकी ९ वर्षीया छोरी सरला खड्का घाइते भएका छन् । त्यस्तै डाँडाखर्क गाविसकी ३५ वर्षीया गोमा खड्का पनि चट्याङ लागेर घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय स्वास्थ्य संस्थाहरुमा भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment