Monday, March 23, 2015

दोलखालाई पोखराको निम्तो



दोलखा, चैत ९ । १२ औं फेवा नववर्षमहोत्सव २०७२ को 'जाऊँ है पोखरा' प्रचार अभियान लिएर पोखरेली पर्यटन व्यवसायी टोली दोलखा आइपुगेको छ । पोखरामा आन्तरिक पर्यटन पर््रवर्द्धनका लागि थालिएको 'जाऊँ है पोखरा' अभियान  लिएर सोमबार प्रचारका लागि टोली दोलखा आइपुगेको हो ।

पश्चिमाञ्चल होटल संघ, सञ्चारकर्मी, पर्यटन व्यवसायी मिश्रति टोलीलाई क्षेत्रीय होटल संघ दोलखाले भव्य स्वागत गरेको थियो ।
आगामी चैत २८ देखि बैशाख २ गतेसम्म पोखराको बसुन्धरा पार्कमा सञ्चालन हुने महोत्सवमा दोलखाली पर्यटकहरुलाई विशेष प्याकेजको व्यवस्था गरिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।
अभियानका क्रममा पोखरा र दोलखालाई पर्यटनसँग जोडेर अगाडी बढ्ने सर्न्दर्भमा दुबै स्थानका होटल व्यवसायी विच अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रियामा दोलखालाई उर्जा सिटीको रुपमा विकास गरी पर्यटन पर््रवर्द्धन गर्न सकिने सहभागीहरुको ठम्याई रहेको थियो । सहभागीहरुले  पर्यटन पर््रवर्द्धनका लागि राज्यले लिएको नीति कमजोर रहेको चर्चा गरेका थिए ।
मन्त्रालयका कर्मचारी केन्द्रीत 'पेड होलिडे' को अवधारणा सम्पर्ूण्ा निजामति, शिक्षक, प्रहरी, सेना, संस्थान लगायतका कर्मचारीहरुमा पनि लागू गरे देशमा आन्तरिक पर्यटन पवर्द्धनमा ठूलो टेवा पुग्ने क्षेत्रीय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले बताए । र्'पर्यटन, संस्कृति र खाना'को पर््रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले पोखरा पर्यटन विकासमा महत्वपर्ूण्ा योगदान दिने दोलखाली होटल व्यवसायी समेतको अपेक्षा राखिएको थियो ।
सेवा, सत्कार, व्यवस्थापन र सुविधाको हिसावले दोलखालाई तेस्रो गन्तव्यको रुपमा विकास गर्न सकिने योजनाहरु उपर छलफलसमेत गरिएको थियो । केही अघि सम्पन्न दोलखा महोत्सवले पहिचान गरेको प्याराग्लाइडिङ, क्यानोनिङ, र्‍याफ्टिङ लगायतले दोलखाको पर्यटन व्यवसायमा सहयोग पुर्‍याउने पश्चिमाञ्चल होटल संघका अध्यक्ष पराजुलीले धारणा राखे ।

No comments:

Post a Comment