Friday, December 5, 2014

समयमै संविधान आउने प्रधानमन्त्रीको विश्वास

शम्भु गौतम
दोलखा मंसिर १९/प्रधानमन्त्री सुशील कोइलाराले माघ ८ भित्र संविधान जारी गर्न सबै दलहरु सहमत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दोलखाको सदरमुकाम चरिकोटमा आयोजित दोलखा महोत्सवको उद्घाटन गर्दै  प्रधानमन्त्री कोइरालाले पत्रपत्रिकामा जेजे कुराहरु आए पनि नेपालमा एउटा उदाहरण प्रस्तुत
गदर्ैर्ैैमयमै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको हो ।
'नेपालमा हामीलाई, दलहरुलाई कतिपय कुराहरुमा चित्त बुझेको छैन, तर हामीले वार्ता, सहकार्य, सहमती, मेलमिलाप र एकताको वातावरणलाई छोडेका छैनौँ र छोड्दैनौँ ।' प्रधानमन्त्री कोइरालाले भन्नुभयो, 'यही हो हाम्रो सहमतीको वातावरण । त्यसैले मलाई विश्वास छ हामी सफल हुन्छौँ ।' शान्ति स्थायित्व हुनर्ुपर्छ भन्नेमा सबै राजनीतिक पार्टर्ीीलाई चिन्तित भएको विचार उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले सबैलाई सहमतीमा आउन आग्रह गर्दै बंकरमा बस्ने र आन्दोलन गर्ने कुरामा लाग्नु नहुने बताउनुभयो । उहाँले द्वन्द्व, आन्दोलन, तोडफोड जस्ता काम गर्नेलाई नउक्साउन र उत्तेजना फैलाउने काम नगर्न आग्रह गर्नुभयो । 'फेरि मुलुक द्वन्द्वमा फस्यो भने हामीले धेरै दुख भोग्नर्ुर्नेछ ।' उहाँले हात जोडेर भन्नुभयो, 'यो अवसरलाई नगुमाऔँ ।'
महिला, मधेसी, जनजाति अल्पसंख्यक आदि सबैमा आफ्नो परिचय, अधिकार, धर्म र संस्कृतिका निम्ति जागरण आएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले त्यो जागरणलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले ती सबै अधिकारलाई संविधानमा लिपिबद्ध गर्नुपर्ने बताउनुभयो । तर उहाँले तिनीहरु सबैलाई कसैको बहकाउमा नलाग्न आग्रह गर्नुभयो ।
भोलि संविधान आउँछ कि आउँदैन भन्ने चीन, भारत, अमेरिका लगायत सबैलाई चिन्ता भएको उल्लेख गर्दै संविधान बनाउनका लागि अवसर आएको धारणा व्यक्त गनुभयो । उहाँले समयमै संविधान निर्माण गर्न सके आठ दश वर्षभत्र देशको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । देशले शान्ति, विकास, लोकतन्त्र र अमनचैन खोजेको उहाँको धारणा थियो ।
कतिपय अति राष्ट्रवादी भावना भएकाहरुले नदीनाला बेच्यो भन्छन्, नेपाल जलस्रोतको धनी देश भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, तर मैले नेपाल तल पर्नेगरी कुनै पनि सन्धी सम्झौता गरेको छैन र गर्दिन पनि । म विश्वास दिलाउन चाहन्छु ।'

No comments:

Post a Comment